कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द

२०७८ बैशाख २७, सोमबार १८:१० गते २०७८ बैशाख २७, सोमबार १८:१० गते २०७८ बैशाख २७, सोमबार १८:१० गते

कोरोना भाइरसको बढ्दो जोखिमका कारण चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द भएको छ । नयाँ भाग छायाँंकन गर्न असहज भएको भन्दै शो लाई अनिश्चितकालका लागि बन्द गरिएको हो l यस् खबर लाई शोका आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् l कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बिच हामी तपाईँहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौँ’ आयोजकले आफ्नो आधिकारिक पेजमा लेखेको छ ‘अहिलेलाई हाम्रो छायाँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जा सहित आउने नै छौँ ।
सबैलाई सुरक्षित बस्न र आफू र आफन्तको ख्याल राख्न अनुरोध गरेको छ । केही महिना अघि शोका केही प्रतियोगी साथै निर्माताहरुलाई कोरोना देखिए थियो l तर उक्त समय कोरोना बाबजुद पनि निर्माण टिमले शोलाइ कोरोनाको सुरक्षा मापदण्ड अप्नाउदै प्रसारण ल्याएका थिए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *