अन्य देश हेरिकन नेपाल र भारतमा कोरोनाको दोश्रो लहरले भयावह रूप लिई सकेको छ l हरेक दीन संक्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दो छ l कोरोनाको त्रास त एकातिर छ दै छ अर्कातिर कोरोना सम्बन्धी सूचना प्राय जसो भ्रमपूर्ण र त्रास फैलाउने खालका सम्प्रेषण हुने थालेका छन् l अझै त्यसै माथि कोरोना संक्रमित र त्यस बाट मृत्यु हुनेहरूको तस्बिर सामाजिक सञ्जालमा राख्दै श्रद्धाञ्जली दिने होड बाजी चलेको छ l यसरी श्रद्धाञ्जली लेख्नेको प्रतिस्पर्धा चलिरहँदा अभिनेत्री श्वेता खड्काले त्यसो नगर्न आग्रह गरेकी छिन् l
‘कोरोना संक्रमित भएर हस्पिटलमा जीवनको लडाइँ लडिरहेका र होम आइसोलेसनमा बसेकाहरू पनि सामाजिक सञ्जाल चलाइरहेका हुन्छन् । उहाँहरूको हौसला टुट्न सक्छ, डिप्रेस हुन सक्छन् ।’कोरोनालाई जितेर आएकालाई घर र समाजमा स्वागत गर्न उनको आग्रह छ । ‘कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरूलाई नि विचलित नबनाऊँ ।’ खड्काले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन् l केही दीन अघि हाम्रो टिम नेपाललाई श्वेता र उनका श्रीमान् विजयन्द्र सिंह रावतले ५० हजार नगद सहयोग गरेका थिए कोभिड बिरामीको लागी भनेर l