फिल्म “कन्टेजन”ले कोरोना भाइरसको भविष्यवाणी गरेकै हो त ?

२०७८ बैशाख २७, सोमबार १९:१३ गते २०७८ बैशाख २७, सोमबार १९:१३ गते २०७८ बैशाख २७, सोमबार १९:१३ गते

फिल्म “कन्टेजन”ले कोरोना भाइरसको भविष्यवाणी गरेकै हो त ? मानिसहरू घर भित्र बसेर आफ्नो आफ्नो सेल फोनको इन्टरनेट बाट दुनियाँको बारेमा धेरै भन्दा धेरै बुझ्न खोजी रहेका छन् l एउटा भाइरसको आतंकमा सारा संसार नै डुबेको छ l विभिन्न सञ्चार माध्यममा समाचारहरू पढिरहँदा मनमा अनेक विचारहरू आउँदै बिलाउँदै गरी रहेका छन् l सञ्चार माध्यममा आएका कुनै पनि भिडियो हेरेर खबरहरूको लिङ्क पढ्दै चिन्तन् मनन् गरिरहँदा लाग्दछ, पुरै विश्व मानवता एउटा कहिले नसुल्झिने पहेली बन्दै गइरहेछ l दुनियाँ नै कोरोनाको चपेटामा परी रहेको छ l अहिलेको समय यस्तो छ , कतिखेर कोरोनाले काखी च्याप्छ भन्न सकिँदैन l यस समयमा धेरै मानिसहरूले कोरोनाको बारेमा आफै आफैँले नै थुप्रै भविष्यवाणी गरी रहेका छन् l
साथै सामाजिक सञ्जालमा यस्तै भविष्यवाणी गरेका केही भिडियोहरू पनि पछिल्लो समय भाईरल भइरहेको छ l प्रसँग रह्यो यस्तै एउटा भविष्यवाणी गरेको फिल्मको l २०११ मा प्रदर्शनमा आएको थ्रिलर फिल्म “कन्टेजिएन” जो अहिले हावा सरी फैलिएको कोरोना भाइरसमै मेल खान जाने फिल्म रहेको छ l “कन्टेजिएन”को अर्थ एक व्यक्ति बाट अर्को व्यक्तिमा थुप्रै माध्यमहरू बाट सर्न सक्ने रोग भनेको हो lफिल्मले समेटेको भाइरसको कथाले विश्वमा अहिले फैलिरहेको कोभिड-१९ को झल्को दिएको छ । सतर्कता अपनाउन आइसोलेसनको प्रयोग, मास्क लगाएर सतर्कता अपनाउने दृश्यले कताकता फिल्मलाई अहिलेको अवस्थाको नजिक पाएका छन् दर्शकले ।

फिल्ममा भाइरसको प्रमुख कारण नै चमेरो भनेर देखाइएको छ l हङकङ घुम्न पुगेकी एक महिला(ग्वनेथ पल्ट्रो)लाई खतरनाक रोग लागेको दृश्यसँगै ‘कन्टेजन’को कथा सुरु हुन्छ । उनका पतिले उनलाई हत्त न पत्त अस्पताल पुर्‍याउँछन् । अस्पताल पुग्नसाथ महिलाको मृत्यु हुन्छ । छोरालाई पनि भाइरस सर्छ । छोरा पनि त्यही भाइरसकै कारण ज्यान गुमाउँछन् । बिस्तारै विश्वभर यो भाइरस फैलन्छ । त्यसपछि रोग सम्बन्धी विभिन्न अफवाह फैलिन्छ । सहरमा आतंक सुरु हुन्छ । मानिसहरू क्वारेनटाइनमा बस्न थाल्छन् । भाइरसले सिधै मस्तिष्कमा असर गर्ने देखाइएको छ । तर कोभिड-१९ ले मस्तिष्कलाई असर गर्दैन । यसले फोक्सो नलीमा असर गर्ने चिकित्सकहरूको भनाइ छ ।वैज्ञानिक तथ्यका आधारमा ‘कन्टेजन’ले महामारीको कथा भन्छ । स्टेभेन सोडबर्गको निर्देशन रहेको यस फिल्मलाई संसारकै धनी व्यक्ति बिल गेट्सले पनि हेर्न सुझाव गरेका थिए l स्कट बर्न्सले लेखेको फिल्ममा म्याट डमोन, केट विन्स्लेट, जुड ल, ग्वनेथ पल्ट्रोलगायतले अभिनय गरेका छन् । यो फिल्मको प्रीमिएर २०११ सेप्टेम्बर ३ मा ६८ वौ भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भएको थियो भने,२०११ सेप्टेम्बर ९ मा यो फिल्म हल्लमा प्रदर्शन गरिएको थियो l २०२०देखी फैलिएको कोरोना भाइरस महामारीको कारण फिल्मले नव लोकप्रियता पनि प्राप्त गर्‍यो। ६० मिलिएन डलरमा निर्माण गरिएको फिल्मले उक्त समय १३६.५ मिलिएन डलरको कमाइ गरेको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *