रामकुमारी झाक्रीले रुँदै भनिन्– अब एमाले छोडियो, नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्छौँ

२०७८ बैशाख २८, मंगलवार १७:२२ गते २०७८ बैशाख २८, मंगलवार १७:२२ गते २०७८ बैशाख २८, मंगलवार १७:२२ गते

रामकुमारी झाक्रीले रुँदै भनिन्– अब एमाले छोडियो, नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्छौँ
नेकपा एमाले की नेतृ तथा सांसद राम’कुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्र’धानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भा’वना नरहेको बताएकी छिन् ।

प्राइम टाईम्स टेलि’भिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धम’लासँग कुरा गर्दै नेतृ झाँक्रीले रुँदै भनिन्, ‘आज हाम्रो लागि ए’कदमै टफ दिन हो, अलिकति संवेदनशील दिन पनि हो । हामी जे गर्न गैरहेका छौं, राज’नीतिमा एउटा अध्याय सकेर एउटा नयाँ बा’टो लाग्दैछौं ।

त्यो कारणले स्वा’भावैले हाम्रा सबै सांस’दहरुले जसरी कुरा राख्नुभयो, अलिक बढ्दा भा’वुकता, पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको सुविधाको लागि पार्टी एकता गर्नुभयो, र पार्टी विघटन पनि उहाँले गर्नुभयो । पार्टी विघटन भैस’केपछि अदालतमा सेटिङ गरेरै बनाउनुभएको छ । त्यो से’टिङपछि अदालतले पूर्ववतः अवस्थामा भनिसकेपछि २०७५ साल जेठको २ गते अघिको कण्डि’सन हो, एमालेको ।

त्यही अवस्था’मा फर्किएर हामी काम गर्छौं भनेर हामीले उदारतापूर्वक भनिरहँदा उहाँले हामी’लाई ढोका बन्द गर्नुभयो । त्यो ढोका उहाँले आजपनि बन्द गर्नुभएको छ । उहाँले व्यक्ति व्यक्तिसँग डिल गर्नुहुन्छ, लोकतन्त्र र सं’विधान अनि कानूनको धज्जी उडाउने काम गर्नुभयो । अब हामी एमाले भैरहने र त्यही पार्टीमा अन्तर’संघर्ष गर्ने अवस्था रहेन । त्यो रहिन’सकेपछि हाम्रा लागि अन्तिम दिन पनि हो नेकपा एमालेको दलको बैठक भनेर बस्ने ।

त्यो कारणले स्वभा’वैले स्मृतिका लामा, हामीले गरेका दुःख, यात्रा सम्झना छ । यत्रो लामो बाटो हिँडेर यहाँ आयौ नि त । हाम्रा पनि कुराहरु छन् नि । अझैपनि एउटा अध्यक्षले उदारता’पूर्वक स्पेश दिनुपर्छ, र भोलि विहान ९ बजेसम्म पर्खि’एर भएपनि पार्टी विभाजन नहोस भन्न चाहन्छौं ।’ इताजा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *