काठमाडौं । सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । मंगलबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराएको हो ।
मन्त्रालयले विज्ञप्तिमा नेपाल(भारत वाहेक अन्तर्राष्ट्रिय नियमित उडान जेठ १७ गतेसम्म बन्द गर्ने जनाएको छ ।
मन्त्रालयले नेपाल र भारतबीच सातामा दुईपटक हुने उडान बाहेक अन्य उडान बन्द गरिएको जनाएको छ । आन्तरिक उडान भने कति दिन बन्द गर्ने भन्ने निर्णय भइनसकेको जनाइएको छ ।
यसअघि सरकारले अन्तराष्ट्रिय उडान बैशाख ३१ गते रातिसम्म अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । मंगलबार विज्ञप्ति जारी गर्दै थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने बताएको हो ।