रेखा भन्छिन् फिल्म बनाउदिन

२०७८ बैशाख २९, बुधबार ११:३५ गते २०७८ बैशाख २९, बुधबार ११:३५ गते २०७८ बैशाख २९, बुधबार ११:३५ गते

कोरोनाका कारण नेपाली सिने क्षेत्रको अवस्था जटिल बन्दै गइरहेको छ l अघिल्लो वर्षको पुस बाट खोलेको सिने हलले लामो सम्म सास् फेर्न पाएन l केही फिल्म चल्दै थिए सिनेमा हल खोलेको समयमा l तर उक्त समय हल खोल्यो भनेर न हल संचालकनै उत्साहित थिए , न त फिल्म प्रेमी दर्शक नै l ठुला ब्यानरका फिल्म पर्खेर बसेका हल सञ्चालकलाई कसैलेनी पत्याएनन् l साना ब्यानरका फिल्मले ठाउँ पाइरहेका थिए l बिस्तारै उठ्दै थियो सिने हल , तर कोरोनाको दोश्रो लहरको बिस्तारै उठेको सिनेमा हलले जिउ तङराउन नपाउँदै फेरी सुताइदियो l सबै ठप्प नै बनाइदियो l
अब यस् समयमा न कोही छायाङ्कनमा गएका छन् , न त कोही फिल्म निर्माणमा अघीनै सरी रहेका छन् l सबै जना कोरोनाको बाटो हेरी रहेका छन् l यस् समय अभिनेत्री तथा निर्माता रेखा थापाले पनि कोभिड-१९ महामारीको अवस्था सामान्य नबनेसम्म फिल्म नबनाउने बताएकी छन्। गत वर्ष १ गते बाट नयाँ फिल्मलाई फ्लोरमा लाने उनको तयारी रहेको थियो l चैत ११ गतेबाट लकडाउन भएका कारण उनले नयाँ फिल्मलाई अगाडी सारिनन् l अर्को पटक वैशाख ७ गतेदेखि छायांकनमा जाने भन्ने थियो, फेरि लकडाउन भयो। कोभिड र यसले निम्त्याएका समस्याले पार नपाएसम्म फिल्म नबनाउने सोचमा छिन् रेखा l नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफ-२०२१ को छलफल कार्यक्रममा बोल्दै उनले नयाँ फिल्म निर्माण लाई अघि नसार्ने उल्लेख गरेकी हुन् l अहिलेको समय फिल्म नै दर्शकको पहिलो प्राथमिकतामा नरहेको उनको भनाइ छ lयतिखेरको प्राथमिकता फिल्म बनाउनेभन्दा गरिब, मजदुर जनताको गाँसबासको व्यवस्था गर्ने हो। ‘डिजिटल माध्यमबाट फिल्म देखाउन सकिए पनि यो सबैको पहुँचमा नभएको उनले बताइन्। ‘डिजिटल प्लेटफर्म वैकल्पिक माध्यम हो तर यो सबैको पहुँचमा छैन। जो हलमा आएर नेपाली फिल्मलाई माया गर्छन् ती दर्शक डिजिटल माध्यमबाट टाढा छन्,’ उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *