बागमती प्रदेशमा एकै दिन ३४ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २९, बुधबार १२:०८ गते २०७८ बैशाख २९, बुधबार १२:०८ गते २०७८ बैशाख २९, बुधबार १२:०८ गते

मकवानपुर : बागमती प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कुल १८ जनाको मृत्यु भएको छ।

त्यस्तै, ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई÷दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक÷एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए।

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौंका दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन्।

बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५३ हजार ३७५ जना छन्। तीमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियुमा ३७८, आइसियुमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन्। ४९ हजार ५९८ संक्रमित होम आइसोलेसन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *