भुवनलाई दर्शकको प्रश्न – ‘कोको केसी र अनमोल एउटै आमाका छोरा हुन् ?

२०७८ बैशाख २९, बुधबार २०:४५ गते २०७८ बैशाख २९, बुधबार २०:४५ गते २०७८ बैशाख २९, बुधबार २०:४५ गते

कोरोना महामारीको त्रास उत्पनका कारण सरकारले लकडाउन गरेको छ l यस् समयमा सबै जना घर भित्रनै थन्किन बाध्य भएका छन् l घर भित्रनै बसेता पनि कोरोना नियन्त्रणमा भने आएको छैन l सामाजिक सञ्जालमा उतिकै कोरोना बाट मृत्यु हुने र अक्सिजन नपाएर अस्पताल शैयामा छटपटाएका खबरहरू मात्र सम्प्रेषण भइरहेको छ l त्यसै माथि सामाजिक सन्जाल चलाउनेहरूको सक्रियता पनि बढ्दो छ l
लकडाउनका कारण प्राय मानिसहरू घर भित्र बसेर आफ्नो आफ्नो सेल फोनको इन्टरनेट बाट दुनियाँको बारेमा धेरै भन्दा धेरै बुझ्न खोजी रहेका छन् l रातदिन सामाजिक सञ्जालमा झुन्डिने र आफूले गरेका क्रियाकलापहरू सञ्जालमा हाल्ने होडबाजी पनि उतिकै चली रहेको छ l यस् समयमा सदाबहार नायक भुवन केसीको पनि सामाजिक सञ्जालमा सक्रियता बढ्दो छ l आफ्नो घरमा भएका क्रियाकलापहरू उनले पछिल्लो समय हाल्न थालेका छन् l केही दीन अघि उनले आफूले घरमा पालेको कुकुरको जन्मदिन मनाए l
कोको नाम रहेको उक्त कुकुरको जन्मदिन मनाएर सामाजिक सन्जाल फेस्बूकमा तस्बिर पोस्ट गरेका छन् , त्यो पनि क्याप्सनमा कोको केसी भनेर l सोही तस्बिर हेरेर सञ्जाल प्रयोगकर्ताहरुले जन्मदिनको शुभकामना दिँदै उनको खिल्ली उडाइ रहेका छन् l साथै कयौँ व्यंग्यात्मक प्रश्नहरू गर्दै भुवनलाई ट्रोल् गरेका छन् कमेन्टमा l एक सन्जाल प्रयोगकर्ताले केसीलाई प्रश्न गर्दै लेखेका छन् ‘कोको केसी र अनमोल केसी एउटै आमाका छोरा हुन् त ?यसै गरी अर्को एक सन्जाल प्रयोगकर्ताले लेखेका छन्– ‘कुकुरको जन्मदिनमा हजारौँ पैसा खर्च गर्नुभन्दा कोरोनाले दुःख पाएका गरिब जनतालाई एक मुठी चामल सहयोग गरेको भए । तर आफ्नो आफ्नो शोक हो । जन्मदिनको शुभकामना व्यक्त गर्दछु ।’ कतीले त ह्यापी बर्थडे भुवन अंकल, ‘तिम्रो छोरालाई जन्मदिनको शुभकामना लगायत अनेकौँ कमेन्ट गर्दै केसीको धज्जी उडाएका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *