धनुषा — जनकपुर प्रादेशिक कोभिड अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ । संक्रमितलाई भर्ना नगरेको भन्दै एक समूहले अस्पतालको वार्डमा जडान गरिएको उपकरणहरु तोडफोड गरेको हो ।
उनीहरुले भेन्टिलेटर समेत तोडफोड गरेका छन् । ४/५ जनाको एक समूहले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले बताए । तोडफोड भएको जानकारी आएपनि विस्तृत विवरण आउन नसकेको उनले बताए ।
तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।