अमेरिकामा रहेका नेपालीहरुको हितमा प्रत्यक्ष सहभागी भई काम गर्नेछु : रामबाबु पाण्डे

२०७८ बैशाख ३०, बिहीबार १८:०८ गते २०७८ बैशाख ३०, बिहीबार १८:०८ गते २०७८ बैशाख ३०, बिहीबार १८:०८ गते

काठमाडौं,२९ बैशाख गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) अमेरिकाको नयाँ कार्यकाल (२०२१–२०२३) को निर्वाचनमा रामबाबु पाण्डेले उम्मेदवारी दिएका छन् । नुवाकोटको मदनपुर, बेल्कोटगढीमा जन्मिएका पाण्डे एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्षसमेत हुन् । काठमाण्डौंको सरस्वती क्याम्पसमा पढ्दादेखि नै व्यावसायमा लागेका उनी २०१० देखि अमेरिको लस एन्जलस बस्दै आएका छन् । प्रवासमा रहेर पनि उनि सामाजिक कार्यमा गहिरो रुचीकासाथ लागेका छन् । नेपालमा रहेका नेपाली या विदेशमा रहेका नेपाली या अन्य नागरिक सबैमाझ पाण्डे प्रिय पात्र हुन् । २०१३ मा एनआरएनए आइसीसी अमेरिकाको आजीवन सदस्य बनेका पाण्डे २०१५ मा क्यालिफोर्निया राज्य च्याप्टरको उपाध्यक्ष थिए । २०१७ मा च्याप्टर अध्यक्ष र २०१९ मा केन्द्रिय उपाध्यक्षका प्रत्यासी पाण्डे यो पटक भने आइसीसीको सदस्य पदको लागि प्रत्यासी छन् ।

पाण्डेले आफूले दुई कार्यकाल च्याप्टरमा काम गरेको र महाधिवेशन प्रतिनिधि भएर २÷२ पटक काठमाण्डौं गएर आइसीसीका थुप्रै गतिबिधिमा सहभागी भएकोले अब गएर काम नै गर्ने इच्छा भएकोले उमेदवारी दर्ता गराएको रियलपाटीसँग बताएका छन् । आफुलाई मतदान गरि सहयोग गरिदिनुहुन उनले सबैलाई अपिल पनि गरेका छन् । देशभित्र रहँदा मात्र नभई अमेरिका पुगेर पनि उनले नेपालमा रहेका संघ–संस्थालाई अनि निर्माण कार्य जस्ता क्षेत्रमा आर्थिक सहयोगलाई जारी राखका छन् । पाण्डेले नेपालमा आएको महाभुकम्पदेखि कोरोनाका कारण समस्यमा परेका नागरिकलाई आर्थिक सहयोग गरेको र हाल पनि गर्दै आईरहेका छन् । त्यसैगरि आफु जन्मिएको जिल्ला नुवाकोटमा पनि विभिन्न सहयोग गर्दै आईरहेका छन् । नुवाकोटको बेलकोटगढीमा मठमन्दिर निर्माणकासाथै धार्मिक कार्यमा उनले उल्लेख्य आर्थिक सहयोग गरेका छन् । विद्यालय भवन निर्माणकासाथै वृद्धाश्रम निर्माणार्थ पनि उनले सहयोग गरेका छन् ।

अमेरिकामा रहेका पाँच लाख गैरनेपालीहरुको हितमा प्रत्यक्ष सहभागी भई काम गर्ने उद्देश्यसहित आफूले उम्मेद्वारी दिएको पाण्डेले बताए । उम्मेद्वारी दिनुका पछाडि उनले मुख्यगरी दलीय स्वार्थ र भागबण्डा तथा सिन्डिकेटबाट मुक्त र संस्थाको हरेक काम र हिसाबकिताबमा पारदर्शीता हुनुपर्ने एजेण्डालाई अगाडि सारेका छन् ।यी सबै काम पूरा गर्दै संस्थालाई अमेरिकावासी नेपालीहरुको सहभागिता भएको विशाल संस्था बनाउने आफ्नो योजना रहेको उनले बताए ।मतदाताहरुले व्यक्तिगत स्वार्थपूर्तिमा संस्थालाई अल्झाइराख्ने विगतका परिपाटीलाई भत्काउँदै योपटक आफूजस्ता स्वतन्त्र उम्मेद्वारलाई भोट दिएर जिताउनेमा आफु पूर्ण विश्वस्त रहेको पाण्डेको भनाई छ ।

आदरणीय एनआरएनकर्मी बुवा आमा, दाजुभाई तथा दिदी बहिनीहरु, नमस्कार ।साथीहरुको सल्लाह, सुझाव र सबल समुह निर्माणको लागि मैले उपाध्यक्ष पदको मोह छाडेर एनआरएनए आईसिसी पदमा आफ्नो उमेद्वारी दर्ता गराएको छु । यसबिचमा एनआरएनए अमेरिकाको निर्वाचनको प्रचारको दौरानमा बिभिन्न राज्यहरुबाट यहाँंहरुले प्रदान गराउनुभएको माया, सद्भाव र हौसलाप्रती म सदा ऋृणी हुनेछु ।फुटेर होईन, जुटेर हिंडें मात्रै एकता देखिन्छ । जबसम्म हामीबिच एकताको बलियो बाटो निर्देशित हुँदैन, हामीबिचको सम्बन्ध खोलाको दुई किनारा जस्तो हुन्छ ।

त्यसैले एनआरएनएको एउटै गतीमा मिलेर बग्न हामी सङ्लो, निर्मल र सबल हुनैपर्दछ । संस्थाको निर्वाचनमा होमिदैं गर्दा हामीले स्वविबेकी निर्णयको बन्दी आफुलाई बनाउंनुहुंदैन । आफ्नो निर्णय आँफैले निर्णय गर्न सक्ने हैसियत आफुमा भए मात्र ब्यक्ती, समाज र यो बिशाल एनआरएनए बलियो बन्नेछ ।एनआरएनए अमेरिकाको निर्वाचनमा उमेद्वारी गराउनुभएका तपाईंंहरु सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु । मेरो बलिबुताले भ्याएको मेरो साथ र सहयोग तपाईंंहरु र सिंगो एनआरएनएप्रती सदा रहनेछ । मेरो जन्मदिनकै अवसर पारेर एनआरएनए आईसिसी पदको लागि मैले दाखिला गरेको उमेद्वारीमा यहाँंहरुको साथ र हौसलाको प्रतिक्षामा छु ।

भवदीय
रामबाबु पाण्डे
आईसीसी सदस्य पदको उमेद्वार
एनआरएनए अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *