गोरखा । कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे उच्च जोखिमको कारण मृत्यु भएका ब्यक्तिहरुको ब्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जिल्ला स्वास्थ्य कार्यालय, गोरखालाई शव ब्यवस्थापन पिपिई सहयोग गरेको छ ।गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य कार्यालय, गोरखालाई २५ थान पिपिई सहयोग गरेको हो ।
पछिल्लो समयमा कोभिड १९ को दोस्रो भेरियन्टको कारण एकाएक कोभिड बिरामीको मृत्युदरमा बृद्धि भए संगै सो को ब्यवस्थापनमा सहजता होस् भन्ने उदेश्यले पिपिई सहयोग गरिएको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले शव ब्यवस्थापनमा खटिने समूहको मनोवलमा थप टेवा पुग्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।