महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारबाही हुन्छ : यादव

२०७८ जेष्ठ १, शनिबार १८:२३ गते २०७८ जेष्ठ १, शनिबार १८:२३ गते २०७८ जेष्ठ १, शनिबार १८:२३ गते

काठमाडौं : जनता समाजवादी पार्टी जसपा नेपालका सांसद रामबाबु यादवले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई कारबाही हुने बताएका छन्।

उनीहरुले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने यादवले बताए। शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए।

‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ।’ उनले भने, ‘संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन।’

सांसद यादवले ठाकुर–महतो पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि आरोप लगाए। संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको भन्दै उनले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताए। ‘विधानभन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ। उनले भने, कारबाही हुनेबित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ। बस्न इच्छा लागेन भने बाहिर जान्छ।’

जसपा भित्र बाबुराम भट्टराई –उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तिव्र मतान्तर भएको छ। दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *