खुशीको खबर : फेरि प्रधानमन्त्री बन्ने बित्तिकै ओली को घोषणा आउँदो साउन १ गते देखि कर्मचारी को तलब यति धेरै हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८-०७९ देखि श्रमिकको न्यूनतम् तलब बढाउने बताउनुभएको छ । शनिबार १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक
भिडियो सन्देश जारी गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्याउने घोषणा गर्नुभएको हो । उहाँका अनुसार
निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।