काँग्रेस उपसभापति गच्छदारकी पत्नीको मृत्यु

२०७८ जेष्ठ १, शनिबार २१:०२ गते २०७८ जेष्ठ १, शनिबार २१:०२ गते २०७८ जेष्ठ १, शनिबार २१:०२ गते

काँग्रेस उपसभापति गच्छदारकी पत्नीको मृत्यु
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।

पछिल्लो पटक दुई दिनअघि कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएकी उनको आज निधन भएको हो । स्रोतका अनुसार निर्मलाले नयाँ दिल्लीमा जेनेटिक लिभर सिरोसिसको अपरेशन गरेर फर्केको एक महिना भएको थियो ।

चैत ६ गते नयाँ दिल्ली गएर अपरेशन गरी फर्केपछि दुई दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनका माता पिता र दुइ जना भाइ पनि कलेजो रोगबाटै बितेका हुन् । माइती थर श्रेष्ठ भएकी निर्मलाको माइतीको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोक हो । उनीहरु पछि बिराटनगर गएका थिए ।

कुनै जमानाका प्रभावशाली राजनीतिक तथा शक्ति केन्द्रका दाहिना गच्छदारमाथि अहिले एकपछि अर्को बज्रपात परेको हो । गच्छदारलाई बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले हाजिर हुन पुर्जी काटेको लामो समय भैसक्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत कांग्रेस नेताहरूले गच्छदारकाे निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शाेक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *