सन्देशमूलक गीत ‘मास्क खै’ रिलिज

२०७८ जेष्ठ २, आईतवार १६:०७ गते २०७८ जेष्ठ २, आईतवार १६:०७ गते २०७८ जेष्ठ २, आईतवार १६:०७ गते

काठमाडौं । गायक घमेश दुलाल र बाल गायिका आभा आरको संयुक्त प्रस्तुतिमा सन्देश मुलक गीत ‘मास्क खै’ रिलिज गरिएको छ । गीतलाई डीएआर मुभिज एण्ड फिल्म्स ई प्रालिको अपिÞmसिअल युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीतमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन् । गीतमार्फत् विश्वभर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दूरी कायम गरौ, सकेसम्म भीडभाडमा नजाऔलगायतका सन्देश दिइएको छ ।

पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथा÷बस्तु समेटिएको गीत बजारमा ल्याइरहेका गायक/संगीतकार प्रभावन जेको शब्द, संगीत, संगीत संयोजन रहेको गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको हो ।

गीतको मिक्सिङ÷मास्टरिङ गोविन्द सोनीले गरेका छन् । भिडयोका क्यामेराम्यान रोनिश तामाङ, उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन ब्यस्थापक विवेक चौलागाईं, क्रियटिभ डाइरेक्टर श्रवन कुमार मिश्र रहेका छन् ।

गीतको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन् । भिडियोमा बाल कलाकार दीपा गौतम, दिपेश गौतम, भमा गौतम आदिको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *