काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली महामारीले निम्त्याएको अवस्था देखि बल्ल गंभिर भएका छन् । उनी आइतवार सीसीएमसीको बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा आइतबार बसेको सीसीएमसीको बैठकमा महारमारी नियन्त्रणका लागि कानुी प्रकृयामा अल्झिएर कुनै पनि नागरिकको ज्यान जान हुँदैन भन्दै निर्देशन दिएका छन् ।
उनले त्यसका लागि आवश्यक निर्णय र प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओली सहभागी बैठकले महामारी नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्न निर्णय गरेको हो ।
परराष्टमन्त्री प्रदिप ज्ञवालीका अनुसार कोरोनाको समग्र विश्लेषण गरिएको बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्विड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको छ ।
मन्त्री ज्ञवालीले अक्सिजन अभाव हुन नदिन साथै चीन र ओमनबाट मगाइरहेको भन्दै आगामी दिनमा अक्सिजन अभाव हुन नदिने बताए ।
‘ नियन्त्रणका लागि सरकारका प्रयासमा संगठित भएर सहयोग गर्न पनि आग्रह गरे।
उनले भने, ‘सरकारका प्रयासहरुमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायिक क्षेत्र गैह्र सरकारी संस्थाले, गैर आवासीय प्रतिनिधि लगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र संगठित ढंगले सहयोग गर्न आग्रह गर्छु। छरपस्ट ढंगले होइन।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानविय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेका छन् ।