प्रियंकाले बनाएको ‘बसन्त’को गीत रिलिज (भिडियो)
अभिनेत्री प्रियङ्का कार्कीले होमप्रोडक्सन चलचित्र ‘वसन्तको’ गीत सार्वजनिक गरेकी छिन् l ‘अनुमति’ बोल रहेको गीतलाई कार्कीले आफ्नै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरेकी हुन् l आफैँले होस्ट गर्दै आएको नयाँ सो चप चप डायरीजमा उनले उक्त गीतलाई राखेकी छिन् l
सम्रिद्दी राईको शब्द रचना र आवाजमा तयार पारिएको गीतलाई शिवराम श्रेष्ठले खिचेका छन् l गीतको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् l सार्वजनिक भिडियोमा प्रियङ्का र शाहाना बज्राचार्यको अभिनय रहेको छ l अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई टार्गेट गरी निर्माण गरिएको चलचित्रको निर्देशन र कथा प्रियङ्काको नै रहेको छ l यस चलचित्रको मुख्य भूमिकामा कार्की र साहाना बज्राचार्य रहेका छन् l केही समय पछि यसै च्यानल मार्फत चलचित्रको ट्रेलर पनि सार्वजनिक गर्ने तयारी रहेको प्रियङ्काले बताएकी छिन् l
