कलाकार रोविन तामाङ अभिनीत बलिउड वेब सिरिज ‘दि लास्ट आवर’ रिलिज भएको छ l शुक्रवार अमेजन प्राइमको ‘पे पर भ्यू’ मार्फत सिरिज सार्वजनिक भएको हो l शुक्रवार रिलिज भएको सिरिजलाई दर्शकले निकै रुचाएका छन् । सिरिजमा रोबिन यामानाडु नामक तान्त्रिक भिलेनको भूमिकामा देखिएका छन् । अमित कुमारको निर्देशन रहेको सिरिजमा भारतीय कलाकार सँगै नेपाली कलाकारहरूको अभिनय रहेको छ । भारतको उत्तर पूर्वी राज्यको पृष्ठभूमिमा आधारित सिरिजको छायांकन सिक्किम र मुम्बईमा गरिएको हो ।
अलौकिक क्राइम थ्रिलर कथा रहेको सिरिजमा संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनको मुख्य भूमिका छ । आठ एपिसोड लामो सिरिजमाको मूल कथा नै मुम्बईमा लगातार भइरहेको हत्या र तान्त्रिकको सहयोगमा कसरी पुलिस अफिसरले हत्याको केश सुल्झाउँछन् भनेर प्रस्तुत गरिएको छ