काठमाडौं । कोभिड १९ को दोस्रो भेरियन्टको कारण अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेरअति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरीएको छ ।विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी रुपमा लगाएको लकडाउनले पारेको प्रभाव परेको छ।प्रभावलाई मध्य नजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ६ स्थित जोरपाटीमा अपाङ्गता भएका व्यक्तिहरू १०० जनालाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण भएको हो।
युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठको अनुरोधमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा सामरीटन ट्रष्ट,काठमाडौं मार्फत मर्सील्याण्ड नेपालको आयोजनामा सेनिटाइजर,सर्जिकल माक्स, ग्लोव्स,साबुन,स्यानिटरी प्याड र फेस सिल्ड लगायतका सामग्री वितरण गरिएको हो।आफुहरुले यस्तो महामारीको बेलामा घर दैलोमा गएर सानो सहयोग गर्न पाउदा आफु लगायत आफनो संस्थालाई सारै खुशी लागेको र अझै साथ,सहयोग र समन्वय गर्ने आयोजक मर्सील्याण्ड नेपालका अध्यक्ष शिवलोचन पराजुलीले जानकारी दिनु भयो ।
सहयोगी संस्था साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले – विपदका बेला यस सानो सहयोगले पनि उच्च मनोबलका साथ यो रोगका विरुद्ध लड्न स्वास्थ्य सामग्रीले केही सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो ।साधना लघुवित्त वित्तीय संस्थाले यस अघि पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी दिनु भयो । स्वास्थ्य सुरक्षा सामाग्री बितरण युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठको अगुवाइमा गरिएको थियोे ।