नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।सन्दीपले कोरोनाविरुद्ध लड्न ‘टिम सन्दीप लामिछाने अभियान’को घोषणा गर्दै उक्त आर्थिक सहयोग गरेका हुन्।सन्दीपले टिम सन्दीप अभियानअन्तर्गत व्यक्तिगत खाता खोलेका छन्।
यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम, नियन्त्रण एवं सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने लामिछानेले बताएका छन्।अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अतिप्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने सन्दीपले सामाजिक सञ्जालमार्फत जनाएका छन्।सहयाेगका लागि इच्छुक महानुभावले निम्नानुसार उनकाे खातामा रकम जम्मा गर्नसक्ने सन्दीपले फेसबुकमार्फत जानकारी दिएका छन्।
फिनिसिङमा चुकेको पोखरा थन्डर्स:राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा लामो अनुभव बटुलिसकेका खेलाडीहरुको सहभागिता रहेको पोखरा थन्डर्सले देशकै पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा बलियो दाबेदारी प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो।राष्ट्रिय टोली र त्रिभुवन आर्मी फुटबल क्लबलाई महत्वपूर्ण उपलब्धि दिलाइसकेका नवयुग श्रेष्ठ मार्की खेलाडी तथा पूर्वराष्ट्रिय खेलाडी समेत रहेका आर्मीका नवीन न्यौपाने प्रशिक्षकका रुपमा पोखरामा आबद्ध हुँदा समर्थकले सफल नतिजाको अपेक्षा गर्नु स्वाभाविक थियो।
अक्सनबाट राष्ट्रिय टोलीकै अर्का सदस्य सुजल श्रेष्ठ, राष्ट्रिय टोलीका पूर्वकप्तान अनुभवी अनिल गुरुङसहित युवा र विदेशी खेलाडीले एनएसएलमा कडा चुनौती दिने आशा राखेका थिए।तर, जसरी एनएसएलमा प्रतिस्पर्धा सुरु हुँदै गयो, टोली अपेक्षाअनुसार खरो उत्रिन सकेन। यद्यपि टोलीको प्ले–अफको सम्भावना लिग चरणका अन्तिम दुई खेल अघिसम्म जीवितै थियो।