बुटवल : लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन् । प्रमुख यादवले आज प्रदेश सभाको अधिवेशन सम्बन्धमा धारणा सार्वजनिक गर्दै अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका हुन् ।प्रमुखको पत्रमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेश सभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्याम्श बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु,’ भन्ने वाक्याम्श उल्लेख छ ।प्रदेशका प्रतिपक्षी दलहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेको थिए ।
टेकुमा भुइँमै सुताएर उपचार:उपत्यकामा कोभिड संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारका लागि पनि कठिनाइ भएको छ । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुइँमै सुताएर उपचार थालिएको छ ।काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भुइँमा राखेर बिरामीको उपचार गरिएको हो । त्यस्तै अस्पतालको कम्पाउण्डमा उपचारको प्रबन्ध मिलाइएको छ ।
कोरोना संक्रमण ह्वात्तै बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । टेकु अस्पतालमा हालै आफ्नै अक्सिजन प्लान्टसमेत स्थापना गरिएको छ ।प्रमुखको पत्रमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेश सभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्याम्श बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु,’ भन्ने वाक्याम्श उल्लेख छ ।