काठमाडाैं, ५ जेष्ठ :बुधबार बिहान लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।
लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर बिहान गएको भूकम्पमा परी एक महिला घाइते भएकी छन्। भूकम्पबाट एक घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले बताए।भूकम्पले घर भत्किँदा स्थानीय उमा गुरुङ घाइते भएको र उनको जिल्ला अस्पतालमा उपरार भइरहेको उनले जानकारी दिए। कोरोनाको डरमा बसेका मानिस भूकम्प गएपछि बाहिर निस्केर भागाभागसमेत गरेको उनको भनाइ छ।आज बिहान लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।भूकम्पबाट एक घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले बताए।भूकम्पले घर भत्किँदा स्थानीय उमा गुरुङ घाइते भएको र उनको जिल्ला अस्पतालमा उपरार भइरहेको उनले जानकारी दिए। कोरोनाको डरमा बसेका मानिस भूकम्प गएपछि बाहिर निस्केर भागाभागसमेत गरेको उनको भनाइ छ।आज बिहान लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प गएको थियो ।