भूकम्पको अर्को धक्का
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । ८ बजेर २८ मिनेट समयको आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।
आज बिहान लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । यसअघि पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो ।
२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन । भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ । लमजुङमा भुकम्पको पराकम्पन आइरहेको खबर छ ।