घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेको हो ।
मंगलबार तोलाको ९३ हजार ४ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेर तोलाको ९३ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ७० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।