सेयर बजारमा उछालपछि नेप्सेको विज्ञप्तिः दियो लगानीकर्तालाई यस्तो सुझाव

२०७८ जेष्ठ ५, बुधबार १४:०२ गते २०७८ जेष्ठ ५, बुधबार १४:०२ गते २०७८ जेष्ठ ५, बुधबार १४:०२ गते

हिजो मंगरबार नेपालको नेप्से परिसुचक र कारोबार रकमले हाल सम्मका सबै रेकर्डहरु ब्रैक गर्दे सर्वाधिक सर्वाधिक उच्च बिन्दुमा पुगेको नेपाल स्टक एकस्चेन्ज(नेप्सले) जनाएको छ ।

हिजो मंगरबारको नेप्सेले एक बिज्ञप्ति जारी गर्दै हिजो मंगलबार १ लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोेड ९३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड ३१ लख ३१ ह्जार ६१५ कित्ताको सेयर कारोबार भएको र नेप्से परिसुचक २७९३.८९ को बिन्दुमा पुग्दा कारोबार रकम,कारोबार संख्या र बजार परिसुचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम भएको जनाएको छ ।

बजार २०७६ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आयको भन्दै हाल ६ लाख भन्दा बढि लगानीकर्ताहरुले टिएमस को युजरनेम र पासवर्ड लिएको जनाइएको छ ।

साथै विज्ञप्तीमा लगानीकर्ताहरुले कारोबार गर्दा सेयर मूल्यमा प्रभाव पार्न सक्ने धेरै भन्दा धेरै सूचनाहरु संकदन तथा बिश्लेषण गर्नुपर्ने भन्दै खासगरी आँफुल लगानी गर्न चाहेँको कम्पनीको व्यवसाय,सञ्चालन तथा व्यवस्थापकीय पक्ष,व्यवसायको आकार तथा वृद्धिको संभावना,नाफा नोक्सानको स्थिति लगयतका आधारभुत पक्ष र कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम कम्पनीको मूल्य लगायतको प्राविधिक विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने भनियको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा आधारभुत र प्राविधिक विश्लेषण गरेर लगानीगर्दा लगानीकर्ताको लाभ बढाउन र नोक्सान कम गर्न मद्दत गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *