माग्ने बुढाको रमाइलो पोस्ट

२०७८ जेष्ठ ५, बुधबार १४:२६ गते २०७८ जेष्ठ ५, बुधबार १४:२६ गते २०७८ जेष्ठ ५, बुधबार १४:२६ गते

1
देश यति बेला कोरोना महामारीको कारणले ग्रसित छ । दुई सातादेखि सरकारले लागु गरेको निशेध्यज्ञाको कारण जनजीवन प्रभावित बन्दै गइरहेको छ । सक्रंमणको सक्रंमित बढिरहेका छन् भने मृत्युको दर पनि बढ्दो छ । यो समयमा सरकारले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न प्रतिबन्ध नै लगाएको छ । कोरोना त्रासका कारण घर भित्रै बसेका नेपालीलाई आजको भूकम्पले फेरी बाहिर निकाल्यो l बुधवार बिहान ५ बजेर ४२ मिनेटमा लम्जुुङलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गयो । पोखरा, चितवनसँगै काठमाडौँमा समेत भूकम्पको झट्का महसुस भएको थियो । दोश्रो पटक फेरी बिहान ८ बजे ५.४ म्याग्निच्युडको भूकम्प गयो l त्यसपछि त सामाजिक सञ्जालको भित्ताहरू भूकम्पको पोस्टले भरिएको थियो । त्यस्तै हाँस्य कलाकार केदार प्रसाद घिमिरे उर्फ माग्नेबुुढाले आफ्नो फेसबुकमा एउटा फोटो पोस्ट गरे ।

फोटोमा एउटा खुट्टा बाहिर अनि एउटा खुट्टा गेट भित्र छ । उनले उक्त तस्बिर राख्दै ठट्यौली पारामा लेखेका छन्: बाहिर जाँउ कोरोना , भित्र जाँउ भुईँचालो । एउटा खुट्टा बाहिर, अर्को खुट्टा भित्र राखेर बाँच्नु परेको छ । स्टे सेफ् , फन । कोरोना र भूकम्पको त्रासमा बसिरहेको धेरैलाई माग्नेबुढाले गरेको यो पोस्टले केही क्षण भए पनि पक्कै हँसाउन सफल भएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *