चर्चित अभिनेता सुनिल थापा उर्फ ‘राते काइँला’को आज जन्मदिन

२०७८ जेष्ठ ५, बुधबार १४:३५ गते २०७८ जेष्ठ ५, बुधबार १४:३५ गते २०७८ जेष्ठ ५, बुधबार १४:३५ गते

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सुनिल थापा उर्फ ‘राते काइँला’को आज जन्मदिन परेको छ । उनले आज आफ्नो ६४ औँ जन्मदिन मनाउदैछन् । नेपाली विकिपिडियाका अनुसार १९५७ मे १९ मा काठमाडौँमा जन्मिएका सुनिल नेपालकै चर्चित अभिनेता हुन् । भिलेन पात्र बाट दर्शकको नजरमा परेका थापा नेपाली धर्तीमा जन्मेर बलिउडमा समेत राज गर्न सफल अभिनेताको रूपमा गनिन् छन् l
यो नामले पाएको सफलता धेरै नेपाली कलाकारले दिनरात देख्ने सपना पनि हो । हिन्दी भोजपुरी, मद्रासी लगायत चलचित्रमा काम गरेका उनले सन् १९८१ मा बलिउड चलचित्र बाट सिने क्षेत्रमा पाइला टेकेका हुन् l साथै नेपाली सिने क्षेत्रमा भने चलचित्र ‘चिनो’ बाट पाइला टेकेका उनलाई राते काइँला नामले एकाएक चर्चामा ल्यायो l सन् १९८९ मा ‘चिनो’ मा अभिनय गरेका उनले त्यसपस्चात कहिले पछाडि फर्किनु परेन l यसै गरी भारतीय चलचित्र ‘एक दुजे कि लिए’ उनको पहिलो डेब्यु चलचित्र हो l
नेपाली चलचित्र चिनो , हामी तीन भाइ , आफ्नो मान्छे , चेली , भाइ भाइ , लगायत दर्जनौँ चलचित्रमा भिलेन पात्रमा काम गरेका उनको नेपाल सँगै भारतीय चलचित्रमा पनि अभिनयको प्रशंसा हुने गरेको छ l पछिल्लो समय थापा अभिनीत नयाँ चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *