देश यतिवेला कोरोना महामारीमासंग लडिरहेको छ। लकडाउनको अवस्थामा देश रहेको छ। यतिबेला कोरोना संक्रमित बिरामीका लागी अक्सिजनको अभाव रहेको छ। अक्सिजन अभावमा दिनहु ज्यान गुमाउनेको संख्या बढिरहेको छ। अनि अक्सिजनको उपल्बधताका लागी बिभिन्न क्षेत्रबाट सहयोग पनि भैरहको छ। यहि बिचमा अभिनेता नाजिर हुसैनले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख सहयोग गरेका छन्।
महावीर पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्र यतिवेला अक्सिजन सहयोगका लागी काम गरिरहेको छ।साेहि कामका लागी सहयोग मिलोस भनेर नाजिरले आविष्कार केन्द्रलाई १ लाख सहयोग गरेका हुन्। सहयोगका क्रममा नाजिर भन्छन्, ‘ हामी सवैले आफुले सकेको सहयोग गर्ने हो। मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कोहि कसैको जीवन बच्नका लागी मद्दत मिल्छ भनेर अपेक्षा गरेको छु।’