गायक एमसी केविनको लडेर निधन

२०७८ जेष्ठ ५, बुधबार १४:५८ गते २०७८ जेष्ठ ५, बुधबार १४:५८ गते २०७८ जेष्ठ ५, बुधबार १४:५८ गते

गायक एमसी केविनको लडेर निधन भएको छ । ब्राजिलका लोकप्रिय गायक केविनको होटेलको बरन्डा बाट खसेर निधन भएको हो l २३ वर्षीय गायकको होटेलको पाँचौँ तल्लाको बरन्डाबाट खसेर घटनास्थलमै निधन भएको हो l ५ औँ तल्लामा रहेका साथीलाई भेट्न त्यहाँ पुगेका उनी उक्त रुमको बालकोनीबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ । केही हप्ता अघि मात्रै केविन प्रेमिका डिओलेने बेजेरासँग विवाह बन्धनमा बाधीएका थिए l उनको निधन भएको खबर लाई सामाजिक सञ्जालमा तस्बिर राख्दै बेजेराले दुःख व्यक्त गरेकी छिन् l क्याप्सनमा उनलाई माया गरिराख्ने वाचा गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *