चीनमा ७३ तले भवन अचानक हल्लिएपछि भागाभाग, चिनियाँ अधिकारीद्वारा अनुसन्धान हुँदै

२०७८ जेष्ठ ५, बुधबार १७:०४ गते २०७८ जेष्ठ ५, बुधबार १७:०४ गते २०७८ जेष्ठ ५, बुधबार १७:०४ गते

एजेन्सी, ५ जेठ : दक्षिणी चीनको शेनजेद शहरमा रहेको एक ७३ तले भवनमा कम्पन महसुस गरिएपछि त्यस भवनलाई हतारहतारमा खाली गर्नुपरेको छ । स्थानीय प्रशासनका अनुसार यो घटना (हिजो) मंगलबार बेलुकीको हो, जब नौ सय ८० फिट अग्लो एसईजी प्लाजामा रहेका मानिसहरुले यस भवन हल्लिएको महसुस गरे । त्यस समय चीनमा कुनै पनि भूकम्प आएको रेकर्ड गरिएको थिएन ।

यही कारण अहिले यस घटनाको जाँच भइरहेको छ । बीस वर्ष पुरानो यस ७३ तले भवनमा विभिन्न कार्यालय छन् र त्यसमा विद्युतीय सामग्रीको एक ठूलो बजार पनि लाग्ने गर्दछ । यो भवन शेनजेन सहरको बीच भागमा रहेको छ । झन्डै सवा करोड जसङ्ख्या रहेको सहरमा मानिसहरु यस भवनलाई एक ठूलो शपिङ सेन्टरको रुपमा जान्छन् ।सामाजिक सञ्जालमा यो घटनाका कैयौँ भिडियो शेयर गरिँदैछ, जसमा मानिसहरु त्यस भवनबाट बाहिर निक्लिएर भागिरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा धेरै व्यक्तिले यसलाई लिएर चिन्ता व्यक्त गरेका छन्, विना भूकम्प यो कसरी भयो भन्नेमा उनीहरु चकित छन् । चीनको सरकारी अखबार द ग्लोबल टाइम्सले लेखेको छ, शेनजेनको फूशियाँ जिल्लामा, जहाँ एसईजी प्लाजा रहेको छ, त्यहाँको स्थानीय प्राधिकरणको चिनियाँ समयअनुसार दिउँसो झन्डै साढे १२ बजे भवन हल्लिएको खबर प्राप्त भएको थियो र दिउँसो दुई बजेसम्म भवन खाली गराइएको थियो । यो घटना हुँदा भवनमा निकै मानिस रहेका थिए ।

शेनजेनको स्थानीय प्राधिकरणले एक विज्ञप्ति निकाल्दै भनेको छ, भवनको आसपास जमिनमा केही क्षति भएको पाएका छैनौँ । यसका साथै भवनको बाहिरी पर्खालमा पनि कुनै क्षति पुगेको छैन तर भवन यसरी हल्लिनु चिन्ताजनक छ । हामी यो घटनाको विस्तृतमा जाँच गरिरहेका छौँ । एसईजी प्लाजा सन् २००० मा बनेर तयार भएको थियो । यो चीनको एक सय चार नम्बरको सबैभन्दा अग्लो भवन हो ।

साथै विश्वको दुई सय १२औँ अग्लो भवन हो । चीनलाई हङकङसँग जोड्नका लागि पनि चिनिने शेनजेन चीनमा प्राविधिक र आविष्कारको क्षेत्रमा ठूला काम गर्दै आएको छ । टेनसेन्ट र हुवावे जस्ता चर्चित चिनियाँ कम्पनीको यस सहरमा कार्यालय छन् । विश्वको चौथो सबैभन्दा अग्लो भवन पनि यही सहरमा छ । चीनमा भवन भत्किएको खबर आइरहन्छ ।गत वर्ष मे महिनामा एक होटल भत्किँदा २९ जनाको ज्यान गएको थियो । यस होटललाई कोरोनाकालमा बिरामीका लागि आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरिएको थियो । यद्यपि चीन निकै तीव्र गतिमा निर्माण कार्य गर्ने देश भनेर अन्तर्राष्ट्रियस्तरमा नै चिनिँदै आएको छ । गत वर्ष चिनियाँ प्रशासनले वुहान सहरमा मात्र ६ दिनभित्र एक हजार बेडको अस्पताल बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *