काठमाण्डौ । कोरोना संक्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बेवारिसे अवस्थामा छाडेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बेवारिसे बनाएका हुन् ।चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका पतिले आफ्नी चार–पाँच महिनाकी गर्भवती पत्निलाई छोडेर फरार भएको नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।
उनका अनुसार ती १९ वर्षीय युवतीलाई मङ्गलबार विराटनगरस्थित कोसी अस्पतालमा पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।उप्रेतीका अनुसार उनका पति बसको सहचालक हुन् । पतिले बेवारिसे अवस्थामा छोडेपछि सिकिस्त अवस्थामा रहेकी उनलाई मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल नगरपालिकाको एम्बुलेन्समा हालेर आइसोलेसन पु¥याएका थिए । तर गर्भवती अवस्थामा रहेकोले ज्यानको जोखिम हुने भन्दै उपप्रमुख उप्रेतीले भद्रपुर अस्पताल लैजान सुझाएकी थिइन् ।
वडाध्यक्ष सिग्देलले आफ्नो जिम्मेवारीमा ती महिलाको उद्धार गरी एम्बुलेन्समा मेचीनगर नगरपालिकाले बनाएको कोभिड आईसुलेसन वार्डमा लगिएको बताए । तर त्यहाँ बिरामीलाई आफेनो मान्छे बिना राख्न नमिल्ने भन्दै वडाध्यक्षलाई फोन मार्फत नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत कोभिड आईसुलेसन वार्डमा कार्यरत डाक्टरले लिन नमानेपछि अहिले बिरामी भद्रपुर मेची अस्पताल लादैगरेको जानकारी दिए ।