नीना धेरैजसो आफ्नो जीवनसँग सम्बन्धित महत्वपूर्ण खुलासा गरिरहन्छिन् । हालै नीना फिल्म ‘सरदारका ग्रान्डसन ’ मा देखिएकी छिन् जसमा उनको भूमिकाको व्यापक तारिफ भइरहेको छ । त्यसपछि त नीना एकपछि अर्को अन्तरवार्ता दिइरहेकी छिन् । यस्तै एक अन्तरवार्तामा उनले आफ्नो एक्लोपनको विषयमा एउटा ठूलो खुलासा गरेकी छिन् ।
नीना गुप्ताले रेडियो जकी सिद्धार्थ कन्नडलाई दिएको आफ्नो अन्तरवार्तामा आफ्नो एक्लोपनको संघर्षबारे कुरा गर्दै उनले आफ्नो जीवनको धेरैजसो समय एक्लोपनमा बिताएको बताएकी छिन् । उनका कोही श्रीमान् वा प्रेमी नभएका कारण थुप्रै वर्षसम्म यस्तो चिजको सामना गर्नुपरेको उनले बताइन् । साथै आफूले अतितमा ध्यान नदिएका कारण आफू एक्लोपनबाट टाढा रहन सफल भएको उनले बताएकी छिन् ।
यो अन्तरवार्तामा नीनाले आफ्नो फिल्मबाहेक नीजि जीवनको विषयमा थुप्रै मुद्दामाथि खुलेर कुरा गरेकी छिन् । नीनाले आफ्नो जीवनमा एक्लोपनबारे कुरा गर्दै भनिन्, ‘यो मेरो पूरा जीवनमा थुप्रै पटक भयो । किनभने थुप्रै वर्षसम्म न त मेरो कोही श्रीमान् थिए न प्रेमी नै ।
साँचो कुरा गर्नुपर्दा मेरा पिता नै मेरा प्रेमी थिए । मलाई काममा अपमानित गर्दा पनि म एक्लो महसुस गर्थेँ । मैले आफ्नो जीवनमा धेरैजसो एक्लो भएको महसुस गरेँ तर भगवानले मलाई शक्ति दिनुभएको छ र म सधैं अघि बढ्न सक्षम छु । म अतितलाई ध्यानै दिन्नँ ।’