नेपाली सिने क्षेत्रमा थुप्रै अभिनेत्रीहरूले पाइला टेके , तर त्यसमा पनि टिके हातका औँलामा गन्न सकिने मात्र l कोहीले एउटा मात्र फिल्म खेले त ,कोहिले दर्जनौँ फिल्म खेलेर पनि दर्शकको नजरमा पर्न सकेनन् l ती अभिनेत्री मध्य कतीले शालीनता र सरल भएर फिल्म खेले l प्रायले त रातारात हिट हुने लोभमा अंग प्रदर्शनको बाटो नै रोजे l फिल्म खेलेर आलोचना खेपे र विदेश पलायन भए भने कोही अझै पनि फिल्म पाउने आसमा निर्देशक र निर्माताको बाटो ढुकेर बसिरा छन् l अहिले ती अभिनेत्रीको फिल्म हेर्न त परै जावस् तिनको नाम लिन पनि दर्शकले रुचाउँदैनन् l दर्शकको कुरै छोडौँ , यही सिने क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरूले पनि ती अभिनेत्रीहरूलाई बिर्सी सके l कुरा गरौँ तिनै अभिनेत्रीहरूको जो कुनै बेला चर्चित हुने आसामा रङगिन पर्दामा अंग प्रदर्शन गर्न पनि पछि परेनन् l
१: सुश्मा कार्की :फिल्म ‘के यो माया हो’ बाट अभिनेत्रीको रूपमा रङगिन पर्दामा पाइला टेकेकी अभिनेत्री हुन् सुश्मा कार्की l आर्यन सिग्देलको अपोजिटमा खेलेकी उनी लामो समय सम्म टिक्न सकिनन् l उक्त समय सो फिल्म हिट त भयो तर सबैका हाइ हाइ भए अभिनेता आर्यन मात्र l सुश्माको अभिनय प्रशंसा भयो , तर जति हुन पर्ने उत्ति चाहिँ भएन l हाइ हाइ हुन नसकेपछि उनले अन्त्यमा रोजिन् अंग प्रदर्शनको बाटो l अंग देखाएर दर्शक नजरमा परौला भनेर फिल्म ‘बिन्दास’ खेलिन् l फिल्म हिट भएन तर उनको अंगको राम्रै प्रदर्शन भयो l दर्शकको नजरमा परिनन् , परिन् त केवल निर्माताको नजरमा मात्र l दर्शकले आलोचना मात्र गरे l अहिले उनका कुनै फिल्म छैनन् l फिल्म पाइहालिन् भने पनि कस्तो चाहिँ फिल्म पाउँछिन् l त्यो त दर्शक आफैले अड्कल काटिहाल्छन् हट एन्ड सेक्सी अभिनेत्री कार्कीको बारेमा l
२: सुमिना घिमिरे : उनको कारीयर पनि सिने क्षेत्रमा खासै कसैले देखेन l देखेको भए शायद उनी अहिले पनि लाखौँ पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिन् होला? भनेर कल्पना चाहिँ गरम् न l ‘दुलही’ बाट सोझी युवतीको भूमिकामा फिल्मी यात्रा सुरु गरेकी घिमिरे यस् क्षेत्रमा आलोचना खेप्न मात्र आइन् l सोझी बनेर पर्दामा छिरेकिउनी बाहिर निक्लिने बेला अंग प्रदर्शन गरेरै निक्लिन् l त्यसपछि त उनलाई कोही निर्माता निर्देशकले पनि रङगिन पर्दामा ल्याउने आँट्नै गर्न सकेनन् l सुमिनाले स्टार, लभ फरेभर, नाइन ओ क्लक लगायत केही फिल्ममा काम गरेकी छिन् l
३ :जिया केसी:कुरा गरौँ अर्को अभागी अभिनेत्री जिया केसी l ग्ल्यामर देखिने निहुँमा भल्गर बनेकी केसी पनि धेरै टिक्न सकिन् l चलचित्र ‘हो यही माया हो’ बाट डेब्यु अभिनेत्रीको रूपमा आएकी उनी चलचित्र ‘एटिएम’ को कारणले बाहिरिन् l त्यो समय यस् चलचित्र नहेर्ने दर्शक सायद कमै थिए होला l उत्तेजक संवाद र किस सिनका कारण आलोचना खेपेकी उनी बेड सिन, किस सिन, उत्तेजक फोटो सुटको लागी त सबै निर्माताको नजरमा पर्थिन् l यिनको नजरमा परेर के गर्नु दर्शकको नजरमा पर्न सकिनन् l केसीले बर्बाद, रङ वे लगायत केही फ्लप फिल्महरूमा काम गरेकी छिन् l
४:अभिनेत्री विनीता बराल पनि यही सुचीमा पर्छिन् l निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘चपली हाइट’ का कारण उनले पनि आलोचना खेप्न पर्यो l बेड सिन, किस सिन र द्विअर्थी संवादले उनलाई पनि आलोचनाको सिकार बनायो l आलोचना खेप्न सकिन् र अन्त्यमा सिने क्षेत्र बाट पाखा लागिन् lहाल् उनी अमेरिकामा छिन् l
५:शुभेच्छा खड्का : यीन् को त कुरै छोडौँ l खड्का अहिले पनि फिल्म खेल्छिन् l तर अरूको हैन, आफ्नै होम् प्रोडक्सनको l कामुक्ता र अर्धनग्न सिन् दीन यिनीसँग अन्य कुनै अभिनेत्रीले प्रतिस्पर्धा नगर्दा पनि हुन्छ l चलचित्र ‘मिस् नेपाल’ के गरेकी थिइन् , फिल्म क्षेत्रमा आँफैले लगानी गरेर फिल्म खेल्नु पर्ने बनिन् l