‘मलाई जिउँदै श्रद्धाञ्जली दिए’ – सुर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संञ्जालको दुरुपयोग गर्दै आफू बिरुद्ध अपराधपुर्ण कार्यहरु भएको भन्दै आपत्ति जनाएका छन् ।
थापाले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै आफू आईसोलेसमा रहेका बेला जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिने कार्य भएको भन्दै साइबर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई दोषीहरू उपर कडा कारबाही गर्न विशेष माग गरेका छन
उनले लेखेका छन् – “म आइसोलेसनमा रहेका बेला कतिपय यस्त निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । युगपुरूष प्रचण्ड नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ श्रद्धाञ्जलि नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ ।”
उनले भनेका छन् “बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटस जस्तै गरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएको छ ।”
“त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।” उनले लेखेका छन् ।