वीरगन्जकी ९१ वर्षीया उपमेयरले को’रोना जितेर घर फर्किईन

२०७८ जेष्ठ ६, बिहीबार १२:५७ गते २०७८ जेष्ठ ६, बिहीबार १२:५७ गते २०७८ जेष्ठ ६, बिहीबार १२:५७ गते

काठमाडौं : को’रोना सं’क्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की नि’को भएकी छन्। दुई साताअघि उनलाई को’रोना देखिएको थियो ।

बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्। महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई को’रोना नेगेटिभ देखिएको बताए। ‘महानगरले नै चलाएको को-भि’ड -१९ अस्पतालमा उहाँ १३ दिन बस्नुभयो,’ मेयर सरावगीले भने, ‘को’रोना सं’क्रमण नेगेटिभ आएपछि उहाँलाई आज घर पुर्‍याइएको छ।’

उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएन। ‘उहाँलाई रेखदेख गर्न एक जना चिकित्सक राखेका थियौं। अक्सिजन लगायत केही पनि आवश्यक परेन,’ उनले भने। उपमेयर कार्कीको आफ्नै घर छैन। अविवाहित कार्की आफन्तहरूको घरमा बस्ने गरेकी छन्। आज उनी वडा नम्बर ४ स्थित भाउजूको घरमा छिन्।

२०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट कार्की उपमेयर निर्वाचित भएकी थिइन् । कार्की महानगरको उपमेयर निर्वाचित हुने सवै भन्दा बढी उमेरकी व्यक्ति हुन् । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनी वीरगंगमा समाजसेवामा पनि क्रियाशील छन्। उनी कांग्रेस पर्साकी उपसभापति, वीरगंज नगरकी सभापति र नेपाल महिला संघको केन्द्रीय सदस्य भइसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *