काठमाडौ । लमजुङमा बुधवार देखि अनेकौं पटक भुकम्पको धक्का महशुष गरिएको छ । विहिवार विहान पौने ६ वजेवाट भुकम्प जान सुरु गरेको लमजुङमा अहिले पनि त्यो क्रम जारी छ । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको छ । विज्ञहरुले यस अघि नै भुकम्प जाने क्रम जारी रहने भएकाले सतर्क हुन आगैह गरेका थिए । पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ८६ पटक पराकम्प महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार म्याग्नेच्युटमाथिका ६ वटा र सोभन्दा कम ८२ पटक धक्का महसुस गरिएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको पराकम्प गएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहिबार बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । जिल्ला प्रहरी कार्यालयको रिपोर्ट अनुसार अहिलेसम्म भूकम्पका कारण २४१ घरमा क्षति पुगेको छ । जसमा ५० घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी घरपनि अहिलेकै अवस्थामा बस्न नमिल्ने अवस्थामा रहेको प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी गंगा थापाका अनुसार बिहानसम्म पनि निरन्तर आइरहेको भूकम्प र सँगै आएको पानीले जनजीवन प्रभावित बनाएको थापाले जानकारी दिए । पानी कमभएसँगै क्षतिपुगेका परिवारलाई त्रिपाल लगायत उपलब्ध गराउने तयारी रहेको थापाले जानकारी दिए ।
बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लावासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा घरभित्र बस्न सक्ने अवस्था नै नरहेको प्रहरी कार्यालय लमजुङले जनाएको छ ।लमजुङ अहिले भूकम्पको त्रासमा मात्रै छैन । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भिडभाड नगर्न भनिएको छ ।
यता, भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए । उनले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई आग्रह गरेका छन् ।चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको पराकम्प गएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहिबार बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । जिल्ला प्रहरी कार्यालयको रिपोर्ट अनुसार अहिलेसम्म भूकम्पका कारण २४१ घरमा क्षति पुगेको छ । जसमा ५० घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी घरपनि अहिलेकै अवस्थामा बस्न नमिल्ने अवस्थामा रहेको प्रहरी कार्यालयले जनाएको छ ।
लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको छ । विज्ञहरुले यस अघि नै भुकम्प जाने क्रम जारी रहने भएकाले सतर्क हुन आगैह गरेका थिए । पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ८६ पटक पराकम्प महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार म्याग्नेच्युटमाथिका ६ वटा र सोभन्दा कम ८२ पटक धक्का महसुस गरिएको छ ।जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी गंगा थापाका अनुसार बिहानसम्म पनि निरन्तर आइरहेको भूकम्प र सँगै आएको पानीले जनजीवन प्रभावित बनाएको थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी गंगा थापाका अनुसार बिहानसम्म पनि निरन्तर आइरहेको भूकम्प र सँगै आएको पानीले जनजीवन प्रभावित बनाएको थापाले जानकारी दिए । पानी कमभएसँगै क्षतिपुगेका परिवारलाई त्रिपाल लगायत उपलब्ध गराउने तयारी रहेको थापाले जानकारी दिए ।बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लावासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा घरभित्र बस्न सक्ने अवस्था नै नरहेको प्रहरी कार्यालय लमजुङले जनाएको छ ।लमजुङ अहिले भूकम्पको त्रासमा मात्रै छैन । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ । एजेन्सी।