काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको मृत्यु भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत उद्योगी खड्काको विहीबार विहान मृत्यु भएको हो ।
उनि टाइगर ब्रुहरीका अध्यक्ष समेत थिए । विभिन्न उद्योग प्रष्ठिानमा उनको लगानी रहेको थियो । केही हप्ताअघि कोरोना संक्रमणको कारण श्रीमती गुमाएका खड्काको आज निधन भएको हो ।
५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । उनकाका २ छोरा र १ छोरी गरेर तीन सन्तान रहेका छन् ।
भरिपूर्ण पैसा र पहुँच हुँदा पनि यो माहामारीले कसैलाई पनि छोडेको छैन । पैसा नभएका मात्रै होइनन् पैसा भएकाहरु जसले राम्रो अस्पतालमा उपचार गराउंदा पनि मृत्यु भैरहेको छ त्यसैले सरकारले सर्वसाधारणलाइ सचेत हुन् आग्रह गर्दै देशभर निषेधाज्ञा लगाइरहेको छ ।