हे सरकार !मलाई किलकिलो लागिराछ।यो बेला मेरो फोक्शोले केवल एक मुठी सास मागीराछ।तर तिमी ?मेरो चित्कारमा नाचिराछौ, मलाई एक मुठी सास देउ सरकार।
तिमि अन्धो हौ।तिमी मेरो जलन देख्न सक्दैनौ।म मेरी आमाको घाउ च्यापेर पैताला चाल्दैछु।थाछ ? मैले पैताला रोके मेरो संसार ढल्छ।तिमी बस्न कुर्सी खोजिराछौ।मलाई मेरो खुसी फिर्ता देउ सरकार।
तिम्रा कानहरुमा अमानवीय कानेकुजी भरिएछ।तिमी बहिरो छौ।तिमी मानबताहिन छौ।मेरो बुबा महामारीको तडपसँगै लडीराखेका छन्। तिमी सुन्य भएका छौ। मेरो बुबाको तडप सुन्न सक्दैनौ। मलाई बाच्न देउ सरकार !
हे सरकार तिमी निर्दयी छौ। म मृत्युसँग लडीरहदा चिता बढाउने तिम्रो नियत, तिमी ढुंगा हौ। अब त मुर्तिहरुले पनि पिडा देख्न सक्दैन। कत्रो विशाल तिम्रो चित्त? मलाई वास्ता छैन तिम्र घिनलाग्दो खेलमा, मलाई चिता हैन जीवन देउ सरकार !
म सास नपाएर तड्पीराछु, तिमी अर्कै धुनमा छौ। तिमी सम्पन्न छौ। तिमीसँग सबै छ। मलाई त मेरै फोक्शोले साथ् छाड्न लाग्यो। छाडदेउ भत्कौदै अनि बनाउन। त्यो जे गरेनी तिम्रै हो। अहिले म हैन हामी जलनमा छौ। मलाई सास देउ सरकार। हाम्लाई सास देउ सरकार।-रबिन आचार्य