पैसा र चर्चाका लागि बिहेको नाटक गरेका बलिउडका चर्चित कलाकार !

२०७८ जेष्ठ ६, बिहीबार २०:३१ गते २०७८ जेष्ठ ६, बिहीबार २०:३१ गते २०७८ जेष्ठ ६, बिहीबार २०:३१ गते

टेलिभिजन या फिल्म स्टारहरु प्रायः नक्कली विवाहको नाटक गर्दछन् । कहिले उनीहरु पैसाका लागि त कहिले पब्लिसिटी या शोको टीआरपी बढाउनका लागि उनीहरु झुठो विवाहको नाटक रच्छन् ।

उनीहरुको यो स्टन्टलाई शुरुमा दर्शकले केही बुझ्न सक्दैनन् । उनीहरु मनोरन्जनका लागि रियालिटी शो हेरिरहन्छन्, तर जब वास्तविकता बाहिर आउँछ, त्यसपछि भने उनीहरु भ्रममा परेको थाहा पाउछन् ।

बिग बोस् १३ का माध्यमबाट चर्चामा आएकी शहनाज गिलले बिग बोसको घर छोड्नै बित्तिकै आफ्नो स्वयंबरको घोषणा गरिन् । स्वयंवरका समयमा उनले शोको पब्लिसिटी दिलाउनका लागि सबै किसिमका हतकण्डा अपाइन् । उनी बिग बोसमा सिद्धार्थ शुक्लासँग विशेष घनिष्ठ थिइन् । तर अन्त्यमा उनले कोही पनि प्रतिष्पर्धीलाई आफ्नो जीवनसाथी चुनिनन् ।

६७ वर्षका अनुप जलोटा र ३० वर्षकी जसलीन मथारुको एक तस्बिर सामाजिक सन्जालमा पछिल्लो दिनमा निकै भाइरल बने । यो तस्बिरमा दुवैलाई दुलहा–दुलहीको जोडीका रुपमा देखाइएको थियो । जसलीनले लाल जोडा लगाउदा अनुप दुलाहाको गेटअपमा पगडी र शेरवानी लगाएका थिए । उनीहरूको बिवाह भएको समाचार चले । तर अन्त्यमा एक फिल्मको लागि सेट गरिएको खुलासा भयो ।

गायक रोहन प्रीत सिंहका साथ विवाह गर्न लागेकी गायिका नेहा कक्कडले पनि केहि पहिला कार्यक्रम सञ्चालक तथा गायक आदित्य नारायण झासँग विवाहको खुबै नाटक गरिन् । शो इण्डियन आइडलका निर्माताले टीआरपी बढाउनका लागि यो झुठो विवाहको कन्सेप्ट बनाएको पनि दर्शकले त्यो कुरालाई सत्य नै मानेका थिए ।

राष्ट्रिय टेलिभिजनमा उनीहरुको विवाहको कन्सेप्ट यसरी बनाइएको थियो कि उनीहरुको अभिभावक पनि यो कन्सेप्टमा परे । तर आदित्यका पिता उदितले यो सबै काम टीआरपी बढाउनका लागि हो भनेपछि सबै खुलस्त भयो ।

बिग बोस ४ मा देखिएका अली मर्चेन्ट र सारा खानको फण्डा पनि उस्तै थियो । उनीहरुले बिग बोसको घरमै विवाह गरेका थिए । पहिला त यो विवाह सत्य हो कि जस्तो भएको थियो, तर शोबाट बाहिर आउनासाथ एक महिनाभित्र दुवैले विवाहलाई तोडे । यो कामका लागि उनीहरुले ५० लाख रुपैंयाँ पाएका थिए ।

बलिउडकी ड्रामा क्विन राखी सावन्तले पनि रियालिटी शो ‘राखीका स्वयंबर’का माध्यमबाट सबैलाई बेवकुफ बनाइन् । यो शोको बेला उनले इलेश नामका एक प्रतिष्पर्धीसँग इन्गेजमेन्ट गरिन् । त्यसपछि उनले सम्बन्ध तोडेर विवाहको झुटा भएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *