डाक्टरको लापरबाहीले अभिनेता राहुल बोहराको गयो ज्यान, मृत्युअघि अक्सिजनको साटो मास्क मात्रै लगाइदिएको यस्तो भिडियो बाहिरियो

२०७८ जेष्ठ ६, बिहीबार २१:४५ गते २०७८ जेष्ठ ६, बिहीबार २१:४५ गते २०७८ जेष्ठ ६, बिहीबार २१:४५ गते

अभिनेता राहुल बोहराको आइतबार निधन भएको छ । उनी कोरोनाद्वारा पीडित थिए र आफ्नो उपचार गराइरहेका थिए । राहुलकी श्रीमती ज्योति तिवारी श्रीमानको वियोगमा छिन् । यसैबीच उनले आफ्ना श्रीमानको न्यायको माग गरेकी छिन् ।ज्योतिले सोसल मिडियामा एउटा पोस्ट लेखेकी छिन् । साथै राहुलको एउटा भिडियो सेयर गरेकी छिन् । जसमा उनले अस्पतालको लापरवाहीबारे कुरा गरिरहेकी छिन्

।भिडियोमा राहुलले अक्सिजन मास्क हटाएर आजको समयमा यो निकै मूल्यवान् भएको बताइरेका छन् । उनले यो बिना बिरामी छटपटाउनले गरेको पनि बताए । त्यसपछि उनले पुनः मास्क लगाएर भन्छन् कि यसबाट केही आइरहेकै छैन । राहुल थप्छन्, ‘अटेन्डेन्ट आएकी थिइन् । मैले उनलाई यसबारे बताउँदा उनले एउटा बोतल हुन्छ र त्यसबाट यसमा पानी आइरहेको बताइन् ।

त्यसपछि उनी जान्छिन् । त्यसपछि फेरि उसलाई बोलाउ । आउन त आउँदैनन् । एक डेढ घण्टापछि आउँछन् त्यतिबेलासम्म जसोतसो मिलायो । पानी छर्किने, यसलाई लगाउने । कसैलाई भन्यो भने एक मिनेटमा आउने भन्छन्, उनीहरु आउँदैनन् । म यो मास्क मात्रै के गरुँ ?’

राहुलकी श्रीमतीले लेखिन्, ‘हरेक राहुलका लागि न्याय । मेरा राहुल गए, यो सबैलाई थाहा छ तर कसरी ? यो कसैलाई पनि थाहा छैन । राजिव गान्त्री स्पेशलिटी हस्पिटल दिल्ली । यसरी उपचार गरिन्छ त्यहाँ । आशा गर्छु, मेरा श्रीमानले न्याय पाउनेछन् ।अर्को राहुल यो दुनियाँबाट बिदा हुनु हुँदैन ।’

स्मरण रहोस्, राहुल बोहरले शनिबार फेसबुकमा एउटा पोस्ट लेखेर मानिसहरुलाई मद्दत गरिदिन अ’पिल गरेका थिए । त्यसको केही घण्टापछि उनको निधन भयो । राहुल बोहराले लेखे, ‘मैले पनि राम्रो उपचार पाएको भए म पनि बाँच्थेँ । तिम्रो राहुल बोहरा । चाँडै नै जन्म लिनेछु र राम्रो काम गर्नेछु । अब हिम्मत हारिसकेको छु ।’ उनले आफूबारे थप जानकारी पनि साझा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *