गायक हेमन्त रानाले लगन गाँठो कसेका छन् l प्रेम विवाह गरेका रानाले गत मंगलबार माया अधिकारीसँग बन्धनमा बाधीएका हुन् l यी दुईको विवाहको तस्बिर शुभचिन्तकहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् l तस्बिरमा धेरैले दाम्पत्य जीवनको शुभकामना दिएका छन् ।
गायक राना नेपाली गीतसंगीतमा स्थापित नाम हो । अमेरिकाको पेन्सिलभेनिया रहँदै आएकी प्रेमिका अधिकारीसँग विवाह गरेका उनलाई गीत ‘सुन साइँली’ ले दर्शक माझ चिनाएको हो l रानाले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण गरेका थिए । उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो l
