पल सँग फिल्ममा पनि सहकार्य गर्ने इछ्या रहेको बताइन प्रकृतिले

२०७८ जेष्ठ ७, शुक्रबार ०७:०६ गते २०७८ जेष्ठ ७, शुक्रबार ०७:०६ गते २०७८ जेष्ठ ७, शुक्रबार ०७:०६ गते

नायिका प्रकृति श्रेष्ठ र पल शाहको जोडी नेपाली सिने क्षेत्रमा रुचाइएको जोडी हो l म्युजिक भिडियो हुँदै ठुलो पर्दामा आएका यी जोडीको सिने क्षेत्रमा जम्कर प्रशंसा हुने गरेको छ l लगभग ४ वर्ष पछि पुनः यी दुई एक पटक जोडिए l ‘को होला त्यो’ फिमेल भर्जनमा दोश्रो पटक स्क्रिन सेयर गरेको खबरले दर्शकहरू पनि निक्कै नै उत्साहित बने l उक्त म्युजिक भिडियोको छायाङ्कन लकडाउनको समयमा भएको थियो l

यती लामो समय पछि देख्दा पनि दर्शकहरूले हाम्रो जोडीलाई बिर्सनु भएको रहिन छ l ’ सिनेपाटीसँग कुरा गर्दै अहिले पनि हाम्रो जोडिलाई माया गर्न कुनै कन्जुस्याइँ गर्नु भएको छैन l आफूहरू बिच समझदारी भएकै कारण अहिले पनि हाम्रो जोडी दर्शक माझ टिकी रहेको छ l अन्य जोडीहरू सँग पलको नाम जोडिएको छ l तर हाम्रो जोडी भने सदाबहार जोडी हो l अब आउने दीनहरूमा अन्य कामहरूलाई पनि दर्शक माझ ल्याउने तयारीमा छौ l अन्त्यमा म्युजिक भिडियोमा त काम गरी सकेको छु, अब पल सँग फिल्ममा पनि सहकार्य गर्ने इछ्या रहेको बताएकी थिइन् l
फिल्म’बिहे पास’ को छायाङ्कन लागि भनेर नेपाल आएकी उनी सोही क्रममा पल सँग म्युजिक भिडियोमा काम गरेकी थिइन् l फिल्म र म्युजिक भिडियोको छायाङ्कन सकाएर उनी अस्ट्रेलिया फर्किसकेकी छन् l हनि बनी’ नामक गीतमा नायक पल शाहसँग अभिनय गरेकी प्रकृतिको करियरको सुरुवात त्यही गीतबाट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *