काठमाडौ । नायीका करिश्मा मानन्धर अहिले फिल्मका काम नभएका कारण फुर्सदिली छन् । उनी एउटा कमेडी कार्यक्रमको अध्यक्षता गर्छिन । त्यस वाहेक उनी अहिले आफ्नै ब्यक्तिगत युट्युव च्यानल पनि चलाउँछिन् । उनले प्राय आफ्नो दैनिकी युट्युवमा देखाउँछिन् । कहिले आफ्नो घरको, कहिले आफ्नो फुलवारी, करेसावारी र कहिले आफ्नो आमाको घरमा पुगेर उनले भिडियो बनाउँछिन् । आफ्ना साथीभाईसंगको भेट र छायाँकनका भिडियो पनि युट्युवमा राख्छिन् ।
तेञ्जु योञ्ज निकै राम्रा कोरियोग्राफर हुन् । उनले विभिन्न फिल्ममा कोरियोग्राफि गरेका छन् । करिश्माले उनलाई आफुले छोरा मान्ने गरेको बताएकी छन् । करिश्माको अधिकांश पारिवारीक कार्यक्रममा तेञ्जु देखिने गरेका छन् । परिवारका सदस्य जस्तै बनेका उनलाई करिश्माले छोरा मान्ने गरेको बताएकी छन् । हेर्दा निकै जवान देखिने भएपनि उ वहुप्रतिभाशाली भएको करिश्माकोभ भनाई छ ।
करिश्मासंग नाता बनाउन पाउँदा तेञ्जेले पनि आफुलाई निकै भाग्यमानी महशुष गरेको बताएका छन् । यो भिडियोमा करिश्माले तेञ्जुसंग गरेको कुराकानी प्रस्तुत गरेकी छन् । उनले तेञ्जुको परिवारको बारेमा र केही अन्य ब्यक्तिगत कुरा पनि सोधेकी छन् । त्यसवारे उनले अरुलाई जानकारी दिन त्यस्ता प्रश्न सोधेको हुनसक्छ ।
करिश्माले उनलाई आफ्नो लकडाउनको समयमा टिकटक गुरु रहेको बताएकी छन् । उनले सञ्जु मेरो टिकटक गुरु हुन् भन्दा उनी हाँसेको भिडियोमा सुनिन्छ । तेञ्जुको घर पनि गोदावरीमै रहेका कारण करिश्माको घर उनी पुगीरहन्छन् । करिश्मासंग पहिलो भेट विदेशमा भएको उनी सम्झन्छन् ।