इङ्ग्ल्याण्डमा २० औं शताब्दीमा पहिलो आधुनिक भेण्डिङ मेशिनको विकास भएको थियो । यसले पोष्टकार्ड डिस्पेन्स गथ्र्यो । जपानमा पनि भेण्डिङ मेशिनको लोकप्रियता बढीरहेकै कारण सम्भवतः हरेक ठाउँमा यो देख्न सकिन्छ । जापानमा जताततै देख्न पाइने भेण्डिङ मेसिनको इतिहास, यसले गर्ने काम र केही अनौठा भेण्डिङ मेसिनबारे पहिलेनै लेखिसकेको जानकारी पढ्नुभएको थिएन भने यहाँ क्लिक गरि पढ्न सक्नुहुन्छ । आजको लेखमा भने जापानी भेण्डिङ मेशिनको काम जो अन्य भन्दा फरक छ त्यसैबारे जानकारी दिने प्रयास गरिएको छ ।
१.एउटै मेशिनमा चिसो र तातो: जापानमा चार ओटा मौसम हुन्छ र उपलब्ध उत्पादन र सेवाहरु हरेक मौसम परिवर्तनसँगै समायोजन हुन्छन् । मौसमी परिवर्तनसाँगै प्रविधिको विकासले उपलब्ध उत्पादन र सेवाको सुधारमा योगदान दिन्छ । जापानको भेण्डिङ मेशिन चिसो र तातो पेय पदार्थ एउटै मेशिनले प्रदान गर्ने क्षमता छ ।२. टच प्यानल:बटन थिचेर चलाउने भन्दा टच प्यानल डिस्प्ले भएका कारण जापानी भेण्डिङ मेशिन अन्य भेण्डिङ मेशिनभन्दा फरक छ । टच स्क्रिन मेशिनले हतारमा भएका मानिसको समय बचाउन सहयोग गर्छ ।
३.स्मार्टफोन र आइसी कार्ड: सिक्का नभएका कारण भेण्डिङ मेशिन चलाउन नमिल्ने जमाना अब रहेन । जापानी भेण्डिङ मेशिनमा स्मार्टफोन र आइसी कार्ड पनि प्रयोग गर्न मिल्छ ।४.बोल्ने जापानी भेण्डिङ मेशिन: सन् २०१५ को अगष्ट ६ मा पेय पदार्थ उत्पादक कम्पनी डाइडो ड्रिङकले बोल्ने भेण्डिङ मेशिन सञ्चालनमा ल्याएको थियो । यो मेशिनको प्रयोग गरेपछि यसले कम्पनीका अध्यक्षको आवाजमा धन्यवाद भन्छ । हाल सो मेशिनले चिनियाँ, अंग्रेजी र पोर्चुगिज भाषा पनि बोल्छ ।५.फ्रि वाइफाइ:जापानी भेण्डिङ मेशिनले पेय पदार्थ, सिगरेट लगायतका अन्य चिजहरु सर्भ गर्छ । यससँगै सन् २०११ मा आसाही सफ्ट ड्रिङकले वाइफाइ सिग्नल डिस्पेन्स गर्ने नयाँ प्रकारको भेण्डिङ मेशिन सञ्चालनमा ल्याएको थियो । रोचक कुरा के छ भने यो मेशिनले दिने वाइफाइ निःशुल्क छ ।
६.विपत्तिको समयमा अस्थायि निःशुल्क पेय पदार्थ: जापान विपत्तिको अत्यन्तै संवेशनशील क्षेत्र हो । प्राकृतिक जोखिमहरुका कारण यहाँ जति बेला जे पनि हुन सक्ने स्थिती रहन्छ । सन् २०१५ को जुन २० मा नियाण्टिकको इनग्रेस र इटोइन इभेण्टले विपत्तिको समयमा निःशुल्क कोका कोला तथा ग्रिन बेभरेज डिस्पेन्स गर्ने मेशिन सञ्चालनका लागि जोड दिएको थियो ।७. असामान्य उत्पादनको भेण्डिङ मेशिन: जापानी भेण्डिङ मेशिन अद्भूत उत्पादन डिस्पेन्स गर्नका लागि पनि परिचित छ । विजनेश कार्ड, खेलौना, जापानी अमुलेट भेण्डिङ मेशिनबाट निकाल्न मिल्ने त्यस्तै केही असामान्य चिजमध्येका हुन् ।