मध्यरातमा डकैती गरियो : वर्षमान पुन

२०७८ जेष्ठ ८, शनिबार ०७:३१ गते २०७८ जेष्ठ ८, शनिबार ०७:३१ गते २०७८ जेष्ठ ८, शनिबार ०७:३१ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज गर्ने निर्णय लगत्तै नेता पुनले सो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पुनले भनेका छन्- ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्दथे ।’ संविधानको धारा ७६(५) बमोजिम केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *