गत सेप्टेम्बरमा इंगेजमेन्ट तोडिएपछि विश्वप्रसिद्ध ‘गायिका’लाई आफू महिला नभएको थाहा भयो

२०७८ जेष्ठ ८, शनिबार १३:१३ गते २०७८ जेष्ठ ८, शनिबार १३:१३ गते २०७८ जेष्ठ ८, शनिबार १३:१३ गते

काठमाडौं। विश्वप्रसिद्ध ‘गाविका’ डिमी लोभाटोले आफनो जीवनको बारेमा निकै ठूलो खुलासा गरेका छन् । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफू नन बाइनरी भएको बताएका छन् । नन बाइनरी भनेको यस्तो लिंग हो जुन महिला पनि होइन र पुरुष पनि होइन ।

उनले आफ्नो लागि अब तटस्थ सम्बोधन दे वा देम प्रयोग गर्ने पनि बताएका छन् । उनलाई अहिलेसम्म महिला गायिकाको रुपमा चिनिँदै आइएको थियो तर यो खुलासासँगै अब उनलाई महिला वा पुरुष सम्बोधन नभइ नपुंसक लिंगी सम्बोधन गर्नुपर्नेछ ।

डिमीले आफ्नो पडकास्ट सिरिज फोरडीमा यसबारेमा कुरा गरेका छन् । डिमीले भिडियोको क्याप्सनमा लेखेका छन् ‘हरेक दिन बिहान हामी उठ्छौं, हरेक दिन हामीले मौका पाउँछौं कि हामी त्यो बन्न सकौं जो हामी बन्न चाहन्छौं र जसको इच्छा हामी राख्छौं ।

तपाइँले राम्रो, नराम्रो र त्यसको बीचको सबथोक देख्नुभएको छ । मेरो जीवन मेरो लागि एक यात्रा मात्र रहेन म त्यसको लागि पनि गइरहेको थिएँ जो क्यामेराको अर्कोपट्टी थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *