नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् दि भ्वाइस अफ नेपाल’ सिजन–३’ प्रसारण नआउने भएको छ l कोरोनाका कारण शो लाई प्रसारणमा ल्याउन नसकिएको भन्दै भ्वाइस अफ नेपालले विज्ञप्ति निकालेको हो l ‘कसैको जीवन र स्वास्थ्य नै सबैभन्दा ठुलो’ भन्ने कुरालाई प्राथमिकता दिँदै आफूहरू छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम नरहेको जनाएको छ ।’
टिमले आफ्नो टिम सबै जना सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेको भन्दै दर्शकप्रति क्षमा मागेको छ ।समय र परिस्थिति बलवान भएको खण्डमा अर्को हप्ताबाट नियमित इपिसियोड दर्शकमाझ ल्याउने छौ l यो हप्ता शो प्रसारणमा नआउने सार्वजनिक विज्ञप्तिमा उल्लेख छ l
