रियालिटी टिभी स्टार डेमी जोन्सलाई क्यान्सर भएको छ । जोन्स थाइरोइड क्यान्सरको शिकार भएकी हुन् l उक्त खबर लाई उनी आँफैले सार्वजनिक गरेकी हुन् l “मैले आज मेरो रिर्पोट पाएँ, दुर्भाग्यवश मलाई थाइरोइड क्यान्सर भएको छ ।”थाइरोइड क्यान्सर एउटा दुर्लभ प्रकारको क्यान्सर हो । यसले थाइरोइड ग्रन्थि लाई असर गर्छ, यो घाँटीको फेदमा हुने हर्मोन उत्पादन गर्ने सानो ग्रन्थि हो ।
क्यान्सरजस्तो रोग हुँदा पनि “म सकारात्मक सोचिरहेको छु । म बलियो केटी हुँ । त्यसैले म ठिक हुन्छु, तपाईँहरूको माया र सहयोगको लागि धन्यवाद ! म फेरि बलियो बनेर आउनेछु ।” “मैले आज मेरो रिर्पोट पाएँ, दुर्भाग्यवश मलाई थाइरोइड क्यान्सर भएको छ ।” डेमी लेख्छिन्, २२ वर्षीय डेमी आई टिभी सो (लव आई ल्यान्ड) को सन् २०२० को सिरिजमा देखिएकी थिइन् ।
