फरक क्षमता भएकी युवतिका हेरौं रमाइला टिकटक भिडियो(भिडियाेमा)

२०७८ जेष्ठ ८, शनिबार १७:०२ गते २०७८ जेष्ठ ८, शनिबार १७:०२ गते २०७८ जेष्ठ ८, शनिबार १७:०२ गते

काठमाडौ -सुजल बमको जन्म डोटीको बोगटान गाउँपालिकामा भएको हो । सुरुमा उनि जिल्लाकै रामपर माध्यामिक बिद्यालयमा रहेको बहिरा स्कूलमा भर्ना भईन । त्यस पछि सिन्धुपाल्चोकको बाह्रबीसेमा रहेको बहिरा स्कूल हुँदै काठमाडौंको नक्सालमा रहेको केन्द्रिय बहिरा स्कूलमा पाँच कक्षामा भर्ना भएकी सुजल त्यहीबाट एसईईमा बी प्लसका साँथ उत्तीण भएकी छन ।

सुजल बोल्न र सुन्नबाट बञ्चित छिन ,तर हरेक क्रियाकलापबाट भने उनि विल्कुलै बञ्चित छैनन् । उनि पाठ्यक्रमका अलवा खेलकूद, कला,नृत्य र मोडलिङमा पनि उत्तिकै अब्बल राख्दछिन । जो जस्तो भएपनि उनि आफुलाई अरु भन्दा फरक देखाउँन रुचाउँछिन । आफूमा भएको शारीरिक अपाङ्गताप्रति उनमा खासै त्यस्तो रोकावट छैन, जसका कारण उनमा भएको प्रतिभालाई उजागर गर्नबाट रोक्न सकोको छैन् ।

उनि निर्भिक छिन आफ्नो मेहनत र बिश्वासप्रति । सायद् यहि बिश्वासको फल होला आज उनको सफलता । सुजल सानै देखि क्रिएटिभ छिन । उनमा अद्भूत कला र क्षमता छ । जो उनले समयलाई जिम्मा दिएकी थिइन । त्यो समयले आज उनलाई सफलतामा उभाईदियो । उनले अहिले आएर मिस्टर एन्ड मिस एसईईमा पनि बिभिन्न उपाधिबाट सम्मान भईन ।

जस्तै उनले ८४ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै पाँचौ रनर अपको उपाधि चुम्न सफल भईन । प्रतियोगितामा उनले अर्गनाइजर च्वाइस अवार्ड, मोस्ट कन्फिडेन्स र मल्टिमिडिया अवार्ड पनि हाँत पार्न सफल भईन । केहि समयअघि सुजल बमद्धारा अभिनित “झिमझिम परेली”नामक म्यूजिक भिडियो सार्वजनि भएको थियो । “मिलाप”मासिकको आयोजनामा सम्पन्न भएको उक्त गीतको सार्वजनि समारोहमा बहिरा कलाकारले प्रोफेसनलरुपमा अभिनय गरेको सो म्यूजिक भिडियो बिश्वकै पहिलो मानिएको छ ।

अब हेरौं यीनै विश्व चकित पार्ने सुजल बम का रमाइला टिकटक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *