काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ८ हजार ९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २० हजार १ सय ५ वटा परीक्षण गर्दा ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ।
साथै पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १ सय २९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।